बिहीबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । सुन सँगै चाँदीको भाउ पनि प्रति १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक साता अघि प्रति तोला १ लाख ६ हजार ६ सय सम्म झरेको सुन त्यसपछि भने लगातार उकालो लाग्न थालेको छ ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस