Like us!
Follow us!
Connect us!
Watch us!

निगमको जहाज इजरायलको बेन गुरिओन विमानस्थलमा अवतरित, नेपाली लिएर आजै फर्कने

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १४ : १६ मा प्रकाशित

निगमको जहाज इजरायलको बेन गुरिओन विमानस्थलमा अवतरित, नेपाली लिएर आजै फर्कने

इजरायल-हमास युद्धमा फसेका नेपालीहरुलाई उद्धार गर्न गएको नेपाल वायुसेवा निगमको जहाज इजरायलको बेन गुरिओन विमानस्थलमा अवतरण गरेको छ ।

नेपाली समय अनुसार बिहान १०ः४६ बजे दुबईबाट इजरायलका उडेको विमान केही समय अघि तेल अभिभस्थित बेन गुरिओन विमानस्थल पुगेको हो । निगमको विमानमा परराष्ट्रमन्त्री एनपी साउद आफै नेपालीको उद्धारका लागि त्यसतर्फ गएका छन् । नेपाली यात्रु लिएर विमान आजै नेपाल फर्किने जनाइएको छ ।

विमान चढ्न नेपालीहरु एयरपोर्ट पुगिसकेका छन् । उक्त उडानमार्फत २ सय ५४ जना नेपालीलाई स्वदेश फर्काइने जनाइएको छ । विमान आज राति करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

हमासले इजरायलमा आक्रमण गर्दा दश नेपालीको ज्यान गएको थियो भने एक नेपालीको अवस्था अझै अज्ञात रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको