Like us!
Follow us!
Connect us!
Watch us!

विभिन्न कार्यक्रम गरी देशैभरी विश्व दृष्टि दिवस मनाईयो, नेत्रज्योतिको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम

अर्थ संसार

विहीबार, २५ असोज २०८०, २१ : २७ मा प्रकाशित

विभिन्न कार्यक्रम गरी देशैभरी विश्व दृष्टि दिवस मनाईयो, नेत्रज्योतिको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम

सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा यो बर्षपनि विश्वभरी नै ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मुल नारा सहित विभिन्न कार्यक्रम गरि मनाईएको छ  ।

विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन फर द ब्लाइन्डनेस९आईएपिबी० ले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस यो बर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज अक्टोवर १२ तारिख ९असोज २५ गते०का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

नेपाल नेत्रज्योति संघले विगतमा जस्तै यो बर्षपनि आँखा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गर्दै विश्व दृष्टि दिवस मनाएको छ । संघ अन्तरगतका २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुले देशैभरी विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको आँखा जाँच सहित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाईएको हो ।

संघले दृष्टिदिवसकै अवसरमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो भने, काठमांडौको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा रहेका डिजिटल बोर्डहरुमा समेत जनचेतना मुलक भिडियो प्रसारण गरिरहेको छ ।

दृष्टि दिवसका अवसरमा आयोजित टिकटक प्रतियोगितामा पौडेल प्रथम

दृष्टिदिवसका अवसरमा नेपाल नेत्रज्योति संघले आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरेको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन् । संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा पौडेल प्रथम भएका हुन ।

त्यस्तै टिकटक प्रतियोगितामा शान्ति थापा द्वितीय भएकी छन् भने सन्जु गुप्ता तृतिय भएकी छन् । संघले पछि एक कार्यक्रमको आयोजना गरि विजेतालाई पुरस्कृत गरिनेछ । प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार र तृतियलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गरिनेछ ।

प्रतियोगिताको घोषणा गर्द उत्कृष्ट एक लाई नगद ५० हजार सहित पुरस्कृत गर्ने घोषणा गरिएको भएतापनि प्रतियोगितामा प्रतियोगिहरुको उत्साहजनक सहभागिता आएको र आगामी दिनहरुमा समेत उनिहरुलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक भिडियो बनाउन प्रोत्साहित गर्ने उद्देश्यले दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कृत गर्न लागिएको  बताउछन् संघका कार्यकारी निर्देशक डा।शैलेश कुमार मिश्र ।

संघका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले आयोजना गरिएको टिकटक भिडियो प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बृद्धि गरी नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणमा हातेमालो गर्न आग्रह समेत गरे ।  

बि।स २०३५ सालमा एक गैर नाफामुलक गैरसरकारी संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरु मार्फन नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।

विश्वमै सबैभन्दा ठुलो आँखा उपचार सेवाको सञ्जालका रुपमा रहेको नेपाल नेत्रज्योति संघले नेपालमा प्रवाह हुन आँखा उपचार सेवाको करिब ९० प्रतिशत हिस्सा ओगटेको छ । बार्षिक उपचार हुने बिरामीको संख्याका हिसाबाले हेर्दा पनि नेपाल नेत्रज्योति संघ विश्वमै दोस्रो स्थानमा देखिन्छ ।

स्थापना देखि हालसम्म संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

संघका केन्द्रिय अध्यक्ष प्रा.डा चेतराज पन्तले बढदो जनसंख्या बृद्धि दर, औसत आयुमा बृद्धि, प्रविधिको अत्यधिक प्रयोग, वातावरणीय जोखिमयुक्त बसोबास, आधुनिक खानपान आदि कारणबाट आँखा स्वास्थ्यमा पर्न जाने नकारात्मक असर र उत्पन्न हुने नयाँ नयाँ आँखा रोगको निवारणका लागि संघ आजको यस महत्वपूर्ण दिनमा हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारीको भावना सहित अझ बढि प्रभावकारी, स्तरीय र सहज पहुँचयुक्त आँखा स्वास्थ्य सेवाको माध्यमबाट आम नेपालीको दृष्टि रक्षामा जुटिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको