शुक्रबार सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेको छ । सुन बढेपनि चाँदीको भाउ भने प्रति तोला ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ९ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । एक साता अघि प्रति तोला १ लाख ६ हजार ६ सय सम्म झरेको सुन त्यसपछि भने लगातार उकालो लागेको हो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस