Like us!
Follow us!
Connect us!
Watch us!

‘बाथरोग निवारणमा सरकारले लगानी नै गरेन’–वरिष्ठ बाथरोग विशेषज्ञ पौड्याल

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, ११ : ५१ मा प्रकाशित

‘बाथरोग निवारणमा सरकारले लगानी नै गरेन’–वरिष्ठ बाथरोग विशेषज्ञ पौड्याल

अक्टोबर १२ अर्थात विश्व बाथरोग डे विशेष कार्यक्रम गरी मनाइएको छ । बाथरोग मैत्री समाज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाटन हस्पिटलको सभाहलमा बिहीबार बाथरोग चेतना कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा सबैले यथास्थानमा आसन ग्रहण गरेका थिए । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्राडा पवनकुमार शर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा विशेष बक्क्ताको रुपमा पाटन हस्पिटलका वरिष्ठ फिजिसियन÷ बाथरोग विशेषज्ञ प्राडा बुद्धिप्रसाद पौड्यालले नेपालमा बाथरोगको विगत, बत्र्तमान, भविष्य र बाथरोग दिवशको महत्वबारे प्रकास पारेका थिए । डा पौड्यालले बाथरोग निवारणमा सरकारले लगानी नै नगरेको र अरु रोग सरह यस रोगलाई प्राथमिकतामा नराखेको बताए् । उनले नेपालमा अनुमानित १० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथरोग रहेको र पछिल्ला बर्षहरुमा झन् बढ्दै गएको भएपनि सरकारले चिन्ता नदेखाएको बताए । 

साथै यस रोगको औषधी उपचार समेत खर्चिलो रहेको डा पौड्यालले बताए । पछिल्ला बर्षहरुमा नेपालमा पनि बाथरोगको उपचार सुबिधाहरु बढ्दै गएको उनले बताए । डा पौड्यालले सरकारले नीति नै बनाएर बाथरोग निवारणमा पहलकदमी थाल्नुपर्ने औंल्याए । 

सचेतना दिइने उदेश्यसाथ गरिएको त्यस कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ बाथरोग विशेषज्ञ उप प्राडा लक्की शर्माले बाथरोगका प्रकारहरु, पहिचान र व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए । त्यसैगरी पाटन अस्पतालका अर्का वरिष्ठ बाथरोग विशेषज्ञ उप प्राडा केशवराज सिग्देलले बाथरोग सम्बन्धी भ्रम र तथ्यहरुबारे प्रकाश पारेका थिए । कार्यक्रममा बाथरोग लागेर उपचारपछि स्वास्थ्य लाभ गरिरहेका विभिन्न ब्यक्तिहरुले आफना भोगाइहरु सुनाएका थिए । वरिष्ठ सञ्चारकर्मी एवं बाथरोगमैत्री समाजका उपाध्यक्ष रुपा विमल क्षेत्रीले बाथरोग लागिसकेपछि उपचारका क्रममा आफुले भोगेका अनुभवहरु सेयर गरिन् । उनले बाथरोग सामान्य नभएको र सही उपचारका लागि विशेषज्ञ डाक्टरकोमा नै जानुपर्ने औंल्याइन् । निरन्तरको औषधी उपचार र योगाभ्यासले अहिले आफु बाथरोगबाट मुक्त भएको उनले सुनाइन् । बाथरोगको उपचारमा परिवारका हरेक सदस्यहरु साथ र सहयोग महत्वपुर्ण रहने उनले बताइन । त्यसैगरी नेपाल बाथरोग मैत्री समाजका सल्लाकार तथा निर्वतमान अध्यक्ष मोहन न्यौपानेले आफनो सम्पुर्ण परिवारका सदस्यहरु नै बाथरोगबाट पिडित भएपनि निरन्तरको औषधी उपचार, सकारात्मक सोच र धर्यताले सक्रिय जिवन बाँचिरहेको सुनाए । उनले भने ‘बाथरोगको लक्षण देखिनासाथ विशेषज्ञ डाक्टरकोमा गइहाल्नुपर्ने रहेछ, मेरो अनुभवनले त्यही भन्छ’ । 

कार्यक्रममा नेपाल बाथरोग मैत्री समाजका आजिवन सदस्य एवं लुपश सोसाइटी नेपालका अध्यक्ष बबिता बुढाथोकीले पनि बाथरोग बारे आफना भोगाइहरु सार्वजनिक गरिन् । उनले आफुलाई लुपशको बाथ भइसकेपछि उपचारको क्रममा धेरै हैरानी र दुखपीडा पाएको सुनाइन् । उनले निरन्तरको उपचार, धर्यताले रोगको पिडाबाट मुक्ती पाउँदै आएको सुनाइन् । 

कार्यक्रममा प्राडा नबिशमान सिंह प्रधान (विभागीय प्रमुख अर्थोपेडिक विभाग, पाटन अस्पताल) ले बाथरोग र हाडजोर्नी सम्बन्धी जटिलताबारे प्रकाश पारेका थिए । त्यसैगरी डा भिष्म पोखरेल (पेडियाट्रीक बिभाग, पाटन अस्पताल ) ले बाल्यावस्था र बाथरोग विषयमा आफना धारणा राखेका थिए । त्यसैगरी बाथरोग मैत्री समाजका अध्यक्ष मेनुका आचार्यले नेपाल बाथरोग मैत्री समाजको गठन, उदेश्य, कार्यक्रम र औचित्यमाथी प्रकाश पार्दै धन्यवाद ज्ञापन गरि कार्यक्रम समापनको घोषणा गरेकी थिइन् । कार्यक्रममा सयौंको उपस्थीति रहेको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको