राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न कात्तिक १७ गतेसम्मका लागि समयावधि थप गरिदिएको छ ।
राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशनको व्यवस्था अनुसार मासिक र त्रैमासिक विवरणहरु त्रैमासको महिना व्यतित भएको सात दिन भित्र पठाउनुपर्नेमा यसपटक दशैंतिहार पर्वका कारण समय थप गरिएको जनाएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस