Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबारदेखि खसीच्याङ्ग्राको बिक्री शुरु, जिउँदो च्याङ्ग्रा किलोको १२ सय ६० रुपैयाँ

अर्थ संसार

सोमबार, २९ असोज २०८०, १९ : ५८ मा प्रकाशित

मङ्गलबारदेखि खसीच्याङ्ग्राको बिक्री शुरु, जिउँदो च्याङ्ग्रा किलोको १२ सय ६० रुपैयाँ

सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मङ्गलबार बिहान ८ बजेदेखि खसीच्याङ्ग्राको बिक्रीवितरण शुरु गर्ने भएको छ ।

सरकारले दशैंका लागि बिक्री गर्न दुई हजार खसी र १ हजार च्याङ्ग्रा ल्याएको छ । उक्त खसी च्याङ्ग्रा थापाथलीस्थित बिक्री केन्द्रबाट वितरण हुने जनाइएको छ । खसी च्याङ्ग्रा बिक्री गर्न सरकारले सोमबार मूल्य पनि तोकिसकेको छ ।

जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ भने च्याङ्ग्रा प्रतिकिलो १ हजार २६० रुपैयाँ पर्नेछ । ८ करोड ३३ लाख ४० हजार रुपैयाँ खर्चेर कम्पनीले खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्र्याएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको