Like us!
Follow us!
Connect us!
Watch us!

दिब्यश्वरी हाइड्रोले बढायो हकप्रदको साइज, अब १:२ अनुपातमा हकप्रद जारी गर्ने

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, ११ : २१ मा प्रकाशित

दिब्यश्वरी हाइड्रोले बढायो हकप्रदको साइज, अब १:२ अनुपातमा हकप्रद जारी गर्ने

दिब्यश्वरी हाइड्रोले बैंक ऋण भुक्तानीका लागि जारी गर्न लागेको हकप्रदको साइज बढाएर १:२ अनुपात पुर्याएको छ ।

कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले पहिले जारी गर्ने भनिएको १:१ अनुपातको हकप्रद निष्कासन रद्द गरेर १:२ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको जनाइएको छ । विद्युत नियमन आयोगबाट सहमति लिई उक्त प्रस्ताव आगामी साधारणसभामा पेश गरिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले हकप्रद शेयर निश्कासन बाट प्राप्त हुने पुँजीमध्ये ५१ प्रतिशत पाँच खपन हाइड्रोपावर प्रालिमा लगानी गर्ने योजना बनाएको छ भने बाकिँ ४९ प्रतिशत रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग हुने जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको