बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार एकैचोटी २९ सयले बढेको सुनको भाउ सोमबार भने सात सय र मङ्गलबार चार सयले घटेको थियो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी प्रति तोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस