Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले स्वीकृति दिएको दुई दिन मै हिमालयन रि इन्स्योरेन्सले निकाल्यो आईपीओ निष्काशनको सूचना

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, ०८ : २५ मा प्रकाशित

सेबोनले स्वीकृति दिएको दुई दिन मै हिमालयन रि इन्स्योरेन्सले निकाल्यो आईपीओ निष्काशनको सूचना

धितोपत्र बोर्डले स्वीकृति दिएको दुई दिन मै हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशनको सूचना निकालेको छ। विवादित यस कम्पनीले कात्तिक २१ गते देखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने धितोपत्र बोर्डले अनुमति दिएको छ। 

जस मध्य पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता निकालेको हो। कम्पनीले कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुटाएको छ। 

कम्पनीले प्रति कित्ताको १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो।

अरु जानकारी 

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

अधिकतममा -३ लाख कित्ता

कहिले सम्म दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड  रहेको छ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको