Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ इतिहासकै उच्च, शुक्रबार तोलामै १८ सयले बढ्यो

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, ११ : ४० मा प्रकाशित

सुनको भाउ इतिहासकै उच्च, शुक्रबार तोलामै १८ सयले बढ्यो

शुक्रबार सुनको भाउ तोलामै १८ सय रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ बुधबार प्रति तोला १३ सय र बिहीबार पाँच सयले बढेको थियो । यस सँगै सुनको भाउले पूराना सबै रेकर्ड ब्रेक गर्दै उच्चतम विन्दुमा पुगेको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको