Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, १५ : ०६ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। 

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद घोषणा गरेको हो। ५ प्रतिशतले हुन् आउने ६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९२६ रुपैयाँबराबरको नगद लाभांश रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको