बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय अब केही सहज भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एकीकृत निर्देशनअनुसार, अब यी संस्थाले प्रत्येक त्रैमासको अन्त्यपछि ७ दिनभित्र नभई १५ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्न सक्ने भएका छन्।
नयाँ व्यवस्थाअनुसार, बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदनसहितका प्रमुख वित्तीय परिसूचकहरू समेटिएको संक्षिप्त विवरण एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्नेछ। सो विवरण राष्ट्र बैंकको नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागमा पनि पेश गर्नु पर्नेछ।
त्यस्तै, चौथो त्रैमासको संक्षिप्त वित्तीय विवरण अब आर्थिक वर्ष सकिएको ३० दिनभित्र प्रकाशित गर्न पाइनेछ, जुन अघिसम्म २१ दिनभित्र गर्नुपर्ने बाध्यता थियो।
नेपाल राष्ट्र बैंकले समयावधिमा लचकता ल्याइदिँदा, बैंक तथा वित्तीय संस्थालाई विवरण तयारी र प्रकाशनमा थप सहजता मिल्ने विश्वास गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस