Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ६.४०% नगद लाभांश घोषणा

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, ०८ : ०७ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ६.४०% नगद लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ काे नाफाबाट सेयरधनीहरूलाई वितरण गर्नुपर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मङ्सिर ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीकाे ६.४० प्रतिशत बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

कम्पनीको कुल चुक्ता पुँजी अहिले १ अर्ब रुपैयाँ रहेको छ। उक्त पुँजीमा ६.४० प्रतिशतकाे दरले हुन आउने ६ करोड ४० लाख रुपैयाँ सेयरधनीहरूलाई नगद रूपमा वितरण गर्ने प्रस्ताव बैठकले अघि सारेको छ। प्रस्तावित लाभांशमा करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

यो लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरूले पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको