सेयरबजारलाई राम्रो संग नियाल्नु हुन्छ भने बेलाबखत कुनै कम्पनीको सेयरमा निकै ठूलो भोल्युम वा ठुला कित्ताको म्याचिङ कारोबार याद गर्नु नै भएको होला। म्याचिङ एउटै ब्रोकरमार्फत खरिद बिक्री हुने मात्र नभई एउटै समूहले दुई फरक ब्रोकर प्रयोग गरेको पनि पाइन्छ।
ठूलो कित्ताको म्याचिङ देखेपछि लगानीकर्ताको ध्यान त्यस स्टकमा जानु स्वभाविक नै हो। कहिले कसैलाई रकम आवश्यकताले ठूला कित्ताको म्याचिङ हुनु जेन्युइन कारण हुनसक्छ। या कहिले काहिँ एउटा ठुलो ग्रुप र समुह कुनै कम्पनीको राम्रो स्टेक लिएर कम्पनी व्यवस्थापन चलाउने हिसाबले पनि ठूला कित्ताको म्याचिङ हुनसक्छ। यस्तो कारोबार हुदा पनि लगानीकर्ता चनाखो हुनैपर्छ , के कारण यस्तो हुदैँ छ भनेर।
अनि धेरै पटक बजारमा खेलाडीले स्क्रीप्टमा आफू उपयुक्त वातावरण तयार गर्न पनि म्याचिङ गराउँछन् । विशेष कारणवश कुनै एक समूहको ठूलो कित्ता सेयर अर्को समूहमा ट्रान्सफर हुँदा आम लगानीकर्तालाई खासै फरक नपरे पनि साना लगानीकर्तालाई पङ्गु बनाउनै पनि यस्ता म्याचिङ हुने गरेको उदाहरणहरु छन् ।
अब हेर्नुहोस् म्याचिङमार्फत कसरी डेटा मेनिपुलेट गरिन्छ :
मानौँ कुनै एक समूहले कुनै एक सेयरको एक लाख कित्ता २०० रुपैयाँमा किनेर राखेको छ । उक्त सेयरको ठूलो मात्रा होल्डिङमा रहँदा सप्लाईमा कमी आएर अब सेयरको भाउ बढेर ३ सय पुगेको काल्पनिक उदाहरण लिऔँ । अब यस मूल्यमा उक्त समूहले उक्त एक लाख कित्ता सेयर तीन सय माथिकै मूल्यमा म्याचिङ गराउँछ । यसले उसको यथार्थ लागतमा केही फरक त पर्दैन किनकी उसले एउटा खाताबाट झन्डै ३ करोड भुक्तानी गर्छ भने अर्को खातामा सोही अमाउण्टमा रकम प्राप्त गर्छ । यसमा उसलाई सामान्य कमिशन फी बाहेक अन्य कुनै लागत लाग्दैन ।
तर अब उक्त सेयरको लागत भने प्रतिकित्ता ३ सय पुगिसकेको हुन्छ । अनि ब्रोकर एनालिसिसलगायत विभिन्न टुल्स प्रयोग गरेर कारोबार गर्ने व्यक्तिहरु भने यो चालमा फसिहाल्छन् । ठूलो कित्ता ३ सयमा कुनै अमूक ब्रोकरको होल्डिङमा रहेको देखेर उनीहरु ३ सय माथि नै कारोबार गर्न पनि हिच्किचाउदैनन् जबकी समूहको यथार्थ लागत दुई सय नै रहन्छ । यसरी म्याचिङमार्फत ठूला लगानीकर्ताले आफ्नो लागत बढाएको देखाएरसमेत कतिपय स्क्रीप्टमा लगानीकर्तालाई भ्रममा पार्ने गरेको देखिएको छ ।
जसको कारण लगानीकर्ता ३०० माथि सेयर कारोबार गर्छन यता २०० लागत भएका अमुख खेलाडी भने आफ्नो सेयर बेचेर नाफा बुक गरेर निस्किसकेका हुन्छन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस