Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

अर्थ संसार

मंगलबार, ०७ कार्तिक २०८०, १८ : ०३ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद  ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो । 

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो । आफू टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइदिनुभएको छ । 

विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्नुभएको छ। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म  टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद  गरिएको हो ।    


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको