Like us!
Follow us!
Connect us!
Watch us!

पठाओको लोगो परिवर्तन, यस्तो छ कारण

अर्थ संसार

बुधबार, ०८ कार्तिक २०८०, २० : २८ मा प्रकाशित

पठाओको लोगो परिवर्तन, यस्तो छ कारण

राइड सेयरिङ कम्पनी पठाओले पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक गरेको छ । 

 नयाँ लोगोमा नगवेली बाटो/सडक 'थिम'मा पठाओको पहिलो अङ्ग्रेजी अक्षर 'पि' लेखिएको छ । पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरुलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए । 

 झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो ।  

नेपालमा ५ बर्षमा ६ वटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरु प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन् । 

 केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको 'पठाओ पार्सल'लाई देशब्यापी बनाउने र डिजिटल बालेट 'पठाओ पे' समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यात बताउँछन् । 

 पठाओको नयाँ लोगो बिश्वब्यापी रुपमा अक्टोबर २५ देखि लागू भैसकेको बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको