Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्म ६ वाणिज्य बैंकको लाभांश घोषणा, अरु १३ वाणिज्य बैंकले के गर्लान ?

अर्थ संसार

शनिबार, ११ कार्तिक २०८०, १० : ४७ मा प्रकाशित

हालसम्म ६ वाणिज्य बैंकको लाभांश घोषणा, अरु १३ वाणिज्य बैंकले के गर्लान ?

दशैँ अगाडी नै लाभांशको सिजन शुरु भईसकेको छ, कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हालसम्म ६ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन्। 

६ वाणिज्य बैंकको लाभांश 

आर्थिक वर्ष २०७९-८० को लागि मुनाफाबाट हालसम्म सबै भन्दा धेरै लाभांश घोषणा गर्ने बैंक एनआईसी एशिया बैंक भएको छ। एनआईसीले आफ्नो चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनस सेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश  रहेको छ ।

अहिले सम्म घोषणा गरेको लाभांशको आधारमा एभरेष्ट बैंकले  आफ्नो चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस  सेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ ।

अर्को वाणिज्य बैंक सानिमा बैंकले आफ्नो चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनस र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

पोखरा केन्द्रिय कार्यालय भएको माछापुच्छ्रे बैंकले पनि लाभांश घोषणा गर्दै हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १३ दशमलव ३० प्रतिशत बोनस  सेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

अर्को बैंक सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

दशैँ अगाडी मात्र सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई  कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको थियो।  

१३ वाणिज्य बैंकले के गर्लान ?

मात्र ६ वाणिज्य बैंकले लाभांश घोषणा गरेकाले अझै १३ वाणिज्य बैंकले लाभांश घोषणा गर्दै साधारणसभा गर्ने तरखर मै देखिन्छ। 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९–०८० को नाफाबाट २ अर्ब ७३ करोड वितरणयोग्य नाफा कमाएको देखिन्छ। तेस्तै बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रहेको छ । जस अनुसार बैंकले गत आर्थिक वर्षको मुनाफाबाट  सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

अर्को बैंक,नबिल बैंकले गत आर्थिक वर्ष २०७९–०८० मा ३ अर्ब ९६ करोड वितरणयोग्य नाफा कमाएको देखिन्छ । अहिले नबिलको चुक्ता पुँजी २७ अर्ब ५ करोड रहेको छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.६४ प्रतिशत लाभांश बाँड्ने क्षमता राखेको छ । 

तेस्तै कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९–०८० मा २ अर्ब ७१ लाख वितरणयोग्य नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड रहेको छ। यसरी हेर्दा बैंकले सेयरधनीलाई १४.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । 

यता नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९ -८० मा १ अर्ब ४१ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड छ । यसरी हेर्दा मुनाफाबाट बैंकले सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।

तेस्तै लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९३ करोड वितरणयोग्य नाफा कमाएको देखिन्छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड अनुसार बैंकले सेयरधनीलाई ८.९४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । 

अर्को बैंक एनएमबि बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५५ करोड वितरणयोग्य नाफा कमाएको छ । तेस्तै बैंकको हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड छ ।यसले सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश बाँड्ने क्षमता रराखेको देखिन्छ। 

चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकले गएको आर्थिक वर्षमा २ अर्ब ९५ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड छ । बैंकले सेयरधनीलाई केवल ८.२७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । 

अर्को बैंक नेपाल बैंकले गत आर्थिक वर्षमा ९७ करोड ३३ लाख वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड छ । यसअनुसार बैंकले सेयरधनीलाई ६.६२ प्रतिशत लाभांश बाँड्ने सक्ने देखिन्छ। 

तेस्तै प्राइम बैंकले गत आर्थिक वर्षमा २० करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई केवल १.०६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्दछ। 

अर्को वाणिज्य बैंक प्रभु बैंकले गत आर्थिक वर्षमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रहेको छ। जसले  सेयरधनीलाई ०.६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ। 

अर्को बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत आर्थिक वर्षमा केबल १५ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रहेको छ । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई केवल ०.४६ प्रतिशत लाभांश बाँड्न सक्ने देखिन्छ।

गएको आर्थिक वर्षमा २ वाणिज्य बैंक कुमारी बैंक र हिमालयन बैंकले भने लाभांस दिन नसक्ने आवस्थामा छन्।  दुवै बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । गत आर्थिक वर्षमा कुमारी बैंकको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड हुँदा लाभांश क्षमता ३.२३ प्रतिशत नकारात्मक देखिन्छ ।

तेस्तै हिमालयन बैंकको वितरणयोग्य नाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी १२ अर्ब ९६ करोड हुँदा बैंकको लाभांश क्षमता ५.४९ प्रतिशत नकारात्मक रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको