Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकको ब्याज आम्दानी ५० अर्ब, कुनको कति ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १३ : ३१ मा प्रकाशित

वाणिज्य बैंकको ब्याज आम्दानी ५० अर्ब, कुनको कति ?

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले तीन महिनामा ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरूले यस अवधिमा जम्मा ५० अर्ब ७ करोड ८५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका हुन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ५.२६ प्रतिशतले बढी भएको हो।

गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले ४७ अर्ब ५७ करोड ७६ लाख ९ हजार रुपैयाँ ब्याज आम्दानी गरेका थिए। बैंकहरूमध्ये १४ बैंकले आफ्नो ब्याज आम्दानी बढाउन सफल भएका छन् भने ६ बैंकको आम्दानी घटेको छ। 

सर्वाधिक ब्याज आम्दानी गर्ने बैंकको सूचिमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा छ। बैंकले पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.३४ प्रतिशतले बढी हो। नबिल बैंक ब्याज आम्दानीका आधारमा दोस्रो स्थानमा रहँदा यसको आम्दानी भने ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९० करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।

यस अवधिमा सर्वाधिक ब्याज आम्दानी वृद्धिदर देखाउने बैंक कृषि विकास बैंक रहेको छ, जसको खुद ब्याज आम्दानी ५७.०२ प्रतिशतले बढ्दै २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ पुगेको छ।

तीन महिनाको अवधिमा प्रमुख बैंकहरूको खुद ब्याज आम्दानी यसप्रकार रहेको छ - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २४ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ९२ करोड, कुमारी बैंकले २ अर्ब ९१ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ७१ करोड, नेपाल बैंकले २ अर्ब ५६ करोड, हिमालयन बैंकले २ अर्ब ५० करोड, एनएमबि बैंकले २ अर्ब ४८ करोड र प्राइम बैंकले २ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। त्यस्तै, एभरेष्ट बैंकले २ अर्ब ४० करोड, एनआईसी एशिया बैंकले २ अर्ब २८ करोड, सिद्धार्थ बैंकले २ अर्ब १६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९७ करोड, सानिमा बैंकले १ अर्ब ६८ करोड, सिटिजन्स बैंकले १ अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ४५ करोड र नेपाल एसबिआई बैंकले १ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको