Like us!
Follow us!
Connect us!
Watch us!

कात्तिकका लागि पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनले कति दिन्छन् ?

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, १० : १७ मा प्रकाशित

कात्तिकका लागि पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनले कति दिन्छन् ?

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ।

असोज महिनामा व्यक्तिगत निक्षेपमा अधिकतम औसत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिकमा ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपमा असोज महिनामा अधिकतम औसत ब्याजदर ३.८७ प्रतिशत थियो भने कात्तिकमा ०.२२ प्रतिशतले घटेर ३.६५ प्रतिशत पुगेको छ।

हाल सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरूमध्ये व्यक्तिगत निक्षेपतर्फ १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी ६ वटा बैंकले असोज महिनाकै दरलाई यथावत् राखेका छन्। संस्थागत निक्षेपतर्फ १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटाले स्थिर राखेका छन्। कात्तिक महिनाका लागि माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी अर्थात् १ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। त्यसपछि नबिल बैंकले ०.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, प्रभु बैंकले ०.४० प्रतिशत, सिटिजन, एभरेष्ट, लक्ष्मी सनराइज र एनआईसी एशिया बैंकले समान रूपमा ०.२५ प्रतिशतले ब्याजदर घटाएका छन्। नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१८ प्रतिशतले तथा कृषि बैंक र सानिमा बैंकले ०.१० प्रतिशतले ब्याजदर घटाएका छन्।

यसैबीच, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले भने असोज महिनाकै ब्याजदरलाई कात्तिकमा पनि यथावत् राखेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको