Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ इतिहासमै उच्च, तोलाकै एक लाख १७ हजार पुग्यो

अर्थ संसार

शनिबार, ११ कार्तिक २०८०, ११ : ३८ मा प्रकाशित

सुनको भाउ इतिहासमै उच्च, तोलाकै एक लाख १७ हजार पुग्यो

शनिबार सुनको भाउ तोलामै एक हजार रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १६ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ दशैँ अघि प्रति तोला एक लाख १५ हजार पाँच सय रहेकोमा हिजो शुक्रबार पाँच सयले बढेको थियो । यस सँगै सुनको भाउले पूराना सबै रेकर्ड ब्रेक गर्दै उच्चतम विन्दुमा पुगेको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको