Like us!
Follow us!
Connect us!
Watch us!

रुसले ब्याजदर बढाएर १५% पुयार्यो, मौद्रिक नीतिलाई थप कडाइ गर्ने

अर्थ संसार

शनिबार, ११ कार्तिक २०८०, १९ : ०७ मा प्रकाशित

रुसले ब्याजदर बढाएर १५% पुयार्यो, मौद्रिक नीतिलाई थप कडाइ गर्ने

बढ्दो मुद्रास्फीतिको दबाब बीच रुसको केन्द्रीय बैंकले शुक्रबार प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ ।

हालै मुद्रास्फीतिको दबाब केन्द्रीय बैंकको अपेक्षाभन्दा अत्यधिक बढेको बैंक अफ रसियाले  जनाएको छ । व्याजदर बढेपछि पनि मुद्रास्फीति बढ्ने अपेक्षा गरिएको छ । बैंकले  सन् २०२३ का लागि आफ्नो मुद्रास्फीति प्रक्षेपण अघिल्लो ६–७ प्रतिशतबाट ७–७।५ प्रतिशतमा बढाएको छ ।  त्यसैगरी सन् २०२४ का लागि ४–४।५ प्रतिशतमा प्रक्षेपण समायोजन गरेको छ ।

बैंकले सन् २०२४ को लक्ष्य चार प्रतिशतबाट मुद्रास्फीति विचलनलाई सीमित गर्न मौद्रिक नीतिलाई थप कडाइ गर्ने पनि जनाएको छ । बैंक अफ रसियाले सेप्टेम्बरमा प्रमुख ब्याज दर १२ बाट १३ प्रतिशतमा पुर्याएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको