Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सले माग्यो ६६ प्रतिशत हकप्रदको अनुमति

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, १७ : ३४ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सले माग्यो ६६ प्रतिशत हकप्रदको अनुमति

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ  ।

कम्पनीले १०:६.६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न बोर्डसँग कार्तिक २ गते अनुमति मागेको हो । प्रति कित्ता एक सय रुपैयाँ अङ्कित उक्त हकप्रदमार्फत कम्पनीले कुल ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ पुँजी संकलन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुग्नेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब निर्धारण गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको