Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी टी २० विश्वकप फाइनल एशिया छनोट आज देखि, पहिलो खेलमा नेपालको भिडन्त सिंगापुरसँग

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, ०८ : १२ मा प्रकाशित

आईसीसी टी २० विश्वकप फाइनल एशिया छनोट आज देखि, पहिलो खेलमा नेपालको भिडन्त सिंगापुरसँग

टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता आज अर्थात  कात्तिक १३ गते देखि काठमाडौंमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा नेपालको भिडन्त सिंगापुरसँग हुनेछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदान किर्तीपुरमा सुरु हुनेछ ।

आठ टोली सहभागी प्रतियोगितामा समूह चरणका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । आज ४ खेल हुनेछन्। बिहान ९ बजे शुरु हुने खेलमा नेपालले सिंगापुरको सामना गर्नेछ भने यूएईले बहराइनको सामना गर्नेछ। तेस्तै आजै दिउँसो सवा १ बजे ओमान विरुद्ध मलेसिया र हङकङ विरुद्ध कुवेतको खेल हुनेछ। 

समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

दुबै समुहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकप खेल्न पाउनेछन्।

नेपालको टिम  रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिनेछ। नेपालको टोलीमा कुशल भुर्टेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्र ऐरे, सन्दिप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जीसी, विवेक यादव, सन्दिप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।

नेपाललाई यसपटक विश्वकपमा छनौट हुने स्वर्णीम अवसर रहेको छ । पछिल्लो समय नेपालको क्रिकेट टिमले राम्रो प्रदर्शन गर्दै आइरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको