Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार घट्यो सुनचाँदीको भाउ

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १० : ५४ मा प्रकाशित

सोमबार घट्यो सुनचाँदीको भाउ

शनिबार इतिहासकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार भने तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनसँगै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको भाउले पूराना सबै रेकर्ड ब्रेक गर्दै उच्चतम विन्दुमा पुगिरहेको छ । आइतबार सुन प्रति तोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको