Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाको आधिकारिक कर्मचारी भन्दै ठगी गर्ने गिरोह पक्राउ

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १२ : ३२ मा प्रकाशित

इसेवाको आधिकारिक कर्मचारी भन्दै ठगी गर्ने गिरोह पक्राउ

आफू इसेवाको आधिकारिक कर्मचारी भएको भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले पीडितहरुलाई बिभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू सेवाको आधिकारीक कर्मचारी भएको बताउँदै ईसेवा आईडी बैंक खातासँग लिङ्क गरिदिने, खाता नविकरण गरिदिने, केवाईसी फर्म अपडेट गरिदिने, स्टेटमेन्ट भेरिफाई गरिदिने जस्ता बहाना बनाई ओटिपी कोड हात पारी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । 

त्यसैगरी ट्रान्सफर चार्ज नलाग्ने, ५० प्रतिशत क्यासब्याक रकम उपलब्ध गराउने जस्ता आश्वासन देखाई ठगीमा संलग्नहरुले पीडितहरुलाई झुक्यानमा पारी सेवाग्राहीहरुकै वालेट आईडी तथा लिङ्क गरिएका बैंक खाताहरुमा समेत अनाधिकृत रुपमा पहुँच पुर्‍याई खातामा भएको रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गिरोहले १८ जना पीडितहरुबाट पन्ध्र लाख बीस हजार नौ सय एक रुपैयाँ बराबरको ठगी गरेको थिए । उनीहरुलाई रौतहट जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रौतहट गौर-५ का नवनित कुमार कुशवाहा, कन्हैया कुमार कुशवाहा, रितेश कुशवाहा, अभय कुमार यादव र गौर-६ का दिपेन्द्र कुमार यादव रहेका छन् ।

उनीहरुलाई ठगी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको