Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार थप पाँच सयले घट्यो सुनको भाउ

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १० : ५५ मा प्रकाशित

मङ्गलबार थप पाँच सयले घट्यो सुनको भाउ

शनिबार इतिहासकै उच्च विन्दुमा पुगेको सुनको भाउ पछिल्लो दुई दिनमा भने तोलामा एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ घटे पनि चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि पाँच सयले घटेको सुनको भाउ मङ्गलबार थप पाँच सय रुपैयाँले घटेको हो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको