Like us!
Follow us!
Connect us!
Watch us!

डिजेलको भाउ घट्यो, पेट्रोलको यथावत्

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १९ : ५६ मा प्रकाशित

डिजेलको भाउ घट्यो, पेट्रोलको यथावत्

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको छ ।

भारतबाट नयाँ मूल्यसूची प्राप्त भएसँगै निगमले डिजेलको भाउ चार रुपैयाँले घटाएको हो । अब डिजेल लिटरको न्यूनतम एक सय ६१ रुपैयाँ ५० पैसा पर्नेछ । दूरीका आधारमा पेट्रोलियम पदार्थको मूल्य फरक पर्ने हुँदा डिजेलको दोस्रो वर्गमा प्रति लिटर एक सय ६३ र तेस्रो वर्गमा अधिकतम प्रति लिटर एक सय ६४ रुपैयाँ पर्नेछ ।

डिजेलबाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको छ । पेट्रोलको हालको मूल्य लिटरको एक सय ६९ रुपैयाँ ५० पैसा देखि एक सय ७२ सम्म रहेको छ । यसैगरी प्रति सिलिन्डर एलपिजी ग्यासको मूल्य १८ सय ९५ यथावत् रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको