Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलको भाउ बढ्यो, ग्यास र डिजेलको मूल्य घटेर आएपनि यथावत् रहने

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, २१ : १६ मा प्रकाशित

पेट्रोलको भाउ बढ्यो, ग्यास र डिजेलको मूल्य घटेर आएपनि यथावत् रहने

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

सोमबार बिहान १२:०१ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको भाउ प्रतिलिटर चार रुपैयाँले बढाएको हो । भारतीय आयल कर्पोरेसनले बढेको मूल्यसूची पठाएपछि सोही अनुसार आयल निगमले पनि मूल्य समायोजन गरेको हो । आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ४.४६ रुपैयाँ बढेर आएको छ भने डिजेल र मट्टीतेल ०.३९ रुपैयाँ घटेर, हवाई इन्धन ०.३८ घटेर तथा सिलिन्डर २७.४४ रुपैयाँ घटेर आएको छ ।

निगमले मूल्य देशभरका विभिन्न ठाउँमा दूरी अनुसार फरक फरक मूल्य कायम गर्दै आएको छ । पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोल प्रतिलिटर १७२.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १७४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको