Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल एक रुपैयाँ र डिजेल दुई रुपैयाँले सस्तियो

अर्थ संसार

शुक्रबार, ०२ चैत्र २०८०, २१ : ३९ मा प्रकाशित

पेट्रोल एक रुपैयाँ र डिजेल दुई रुपैयाँले सस्तियो

भारतबाट घटेर नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पनि पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

शनिबार बिहानबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ घटेको हो । भारतबाट भने पेट्रोल प्रति लिटर एक रुपैयाँ २२ पैसा र डिजेल तथा मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ ६ पैसा घटेर आएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गका स्थानमा प्रति लिटर १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पर्नेछ । यसैगरी डिजेल तथा मट्टीतेलमा पहिलो वर्गका स्थानमा प्रति लिटर १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको