Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल लिटरमै सात रुपैयाँले सस्तियो

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, २० : १८ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल लिटरमै सात रुपैयाँले सस्तियो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

भारतीय आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्य सूची अनुसार नेपालमा पेट्रोलमा प्रति लिटर सात रुपैयाँ  र डिजेल/मट्टितेलमा प्रति लिटरमा ५ रुपैयाँ घटाइएको हो ।  नयाँ मूल्य आगामी शुक्रबार मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । 

निगमले पेट्रोलियम पदार्थको मूल्य देशभरका विभिन्न ठाउँमा दूरी अनुसार फरक फरक मूल्य कायम गर्दै आएको छ । पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६८.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १७० रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७१ रुपैयाँ कायम भएको छ ।

यसैगरी डिजेल र मट्टीतेलको पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १५१.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १५३ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १५४ रुपैयाँ कायम भएको छ ।

आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ । सोही बमोजिम नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको