Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आएमई लघुवित्तले सार्वजनिक गर्यो पहिलो त्रैमासिक विवरण, वितरणयोग्य मुनाफा ऋणात्मक

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, ११ : ५२ मा प्रकाशित

ग्लोबल आएमई लघुवित्तले सार्वजनिक गर्यो पहिलो त्रैमासिक विवरण, वितरणयोग्य मुनाफा ऋणात्मक

कर्जा र साँवाको असुली दरमा निरन्तर गिरावट हुँदा ग्लोबल आएमई लघुवित्तको प्रथम त्रैमासमा वितरणयोग्य मुनाफा ऋणात्मक भएको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६७ लाख ७२ हजारले ऋणात्मक भएको हो ।

कम्पनीले गत वर्षको पहिलो त्रैमासिकको रिपोर्टको तुलनामा भने २७.१४ प्रतिशतले खुद नाफा बढाएको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले तीन करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म कम्पनीले दुई करोड ६७ लाख खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानीमा सुधार आउँदा नाफामा वृद्धि भएको हो । ब्याज आम्दानी र ब्याज खर्च दुवैमा भने अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा भन्दा यस त्रैमासिकमा उल्लेख्य गिरावट आएको छ ।

विवरण अनुसार लघुवित्तको प्रतिसेयर आम्दानी २१.९८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८१.५० रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको एनपिएल बढेर ४.७६ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्षको पहिलो त्रैमासमा २.७३ प्रतिशत रहेको थियो । विवरण अनुसार कम्पनीको कस्ट अफ फन्ड ८.४९ प्रतिशत, बेस रेट १३.५९ प्रतिशत र ब्याजदर स्प्रेड ३.९१ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको