Like us!
Follow us!
Connect us!
Watch us!

एलआइसी नेपालको हकप्रद सेबोनको पाइपलाइनमा

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, १७ : ४५ मा प्रकाशित

एलआइसी नेपालको हकप्रद सेबोनको पाइपलाइनमा

लाइफ इन्स्योरेन्स कम्पनी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ  ।

कम्पनीले १:०.८८४५१६८ अनुपातमा दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न बोर्डसँग असोज २९ गते अनुमति मागेको हो । प्रति कित्ता एक सय रुपैयाँ अङ्कित उक्त हकप्रदमार्फत कम्पनीले कुल दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँ पुँजी संकलन गर्नेछ । हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख  रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी बिमा समितिले जीवन बिमा कम्पनीका लागि निर्धारण गरेको न्यूनतम चुक्ता पुँजी ५ अर्ब बराबर पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको