Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड, १३ लाख माथिको हात खाली!

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, ०९ : ३३ मा प्रकाशित

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड, १३ लाख माथिको हात खाली!

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान एफपीओ बाँडफाँड भएको हो। 

यस मिर्मिरे लघुवित्तको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ताका सेयरका लागि आवेदन दिएका थिए । जसमध्य  १ हजार ३३३ आवेदकबाट परेको १६ हजार ७८० कित्ता बदर र रद्द भएका छन् भने १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सदर गरिएको थियो। यी मध्य जम्मा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

तेस्तै  २० कित्ता भन्दा माथि आवेदन दिएका ६ जनाले भने थप १/१ कित्ताका दरले सेयर प्राप्तगरेका छन्। 

लगानीकर्ताले नतिजा केहि समय पछि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र मिर्मिरे लघुवित्त वित्तीय संस्था र सिडीएससीको वेभसाइट  iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको