Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सुनको भाउ तोलामा सात सयले बढ्यो

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, ११ : ०१ मा प्रकाशित

बिहीबार सुनको भाउ तोलामा सात सयले बढ्यो

पछिल्लो तीन दिनमा तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ बिहीबार भने सात सयले बढेको छ । सुनसँगै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार र मङ्गलबार पाँच-पाँच सयले घटेको सुनको भाउ बुधबार थप एक हजार रुपैयाँले घटेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रति तोलाको एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको