Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तको खुद नाफा नौ लाख ३३ हजार, ईपिएस कति

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १३ : ४० मा प्रकाशित

गुराँस लघुवित्तको खुद नाफा नौ लाख ३३ हजार, ईपिएस  कति

गुराँस लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार यस अवधिमा लघुवित्तले नौ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने ईपीएस तीन रुपैयाँ ६८ पैसा रहेको छ ।

खुद नाफा 

उक्त त्रैमासमा लघुवित्तले नौ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद नाफा ६० लाख २२ हजार रुपैयाँले ऋणात्मक रहेको थियो। आम्दानी ८४.५ प्रतिशतले बढेको हो।

खुद ब्याज आम्दानी बढ्यो 

यस समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ। आश्विन मसान्त सम्म बैंकले ब्याज मार्फत ४ करोड ५१ लाख ब्याज आम्दानी गरेको छ जुन गएको आर्थिक वर्षमा ३ करोड ६१ लाख रहेको थियो। जुन २४.९३ प्रतिशतले बढेको हो।

सञ्चालन मुनाफा 
सञ्चालन मुनाफा ९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा बढेर १४ लाख ६ हजार रुपैयाँ पुगेको छ। 

वितरण योग्य मुनाफा
२१ करोड २४ लाख रुपैयाँ 

प्रति सेयर आम्दानी
लघुवित्तको प्रति सेयर आम्दानी तीन रुपैयाँ ६८ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात
१८१.९६ गुणा रहेको छ

प्रति सेयर नेटवर्थ 
१२४ रुपैयाँ ५४ पैसा

निक्षेप संकलन तथा कर्जा लगानी 
२७ करोड ५६ लाख रुपैयाँ बैंकले निक्षेप संकलन  गरेर  एक अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

चुक्तापुँजी 
१० अर्ब १४ करोड रुपैयाँ

रिजर्भ
२ करोड ४८ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको