Like us!
Follow us!
Connect us!
Watch us!

आज जिते नेपाल टी-२० विश्वकपमा पुग्ने

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, ०९ : ३८ मा प्रकाशित

आज जिते नेपाल टी-२० विश्वकपमा पुग्ने

नेपाली क्रिकेट टिमको लागि आज शुक्रबार युएईसँग खेल एकदमै महत्वपूर्ण हुनेछ। आज जितेको खण्डमा नेपाल टी-२० विश्वकपमा पुग्नेछ। 

आज समूह बी को विजेता यूएई र समूह ए को उपविजेता नेपालको खेल आज बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ। आजको विजयी टोली फाइनलमा प्रवेश गर्नेछ।

फाइनल खेल कात्तिक १९ गते आइतबार त्रिवि क्रिकेट मैदानमा् हुनेछ। समूह चरणका खेलहरुमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित भइ नेपाल उप विजेता बनेर सेमिफाइनल खेलमा प्रवेश गरेको थियो ।

टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ८ खेल भएका छन् । जसमा दुवै टिमले ४(४ खेल जितेका छन् ।  टी-२० विश्वकप छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपाल र युएईबीच फाइनल सहित तीन खेल भएका थिए । जसमा लिग चरणका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो र फाइनलमा भनेनेपाल आफै पराजित भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको