Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ फेरि उकालो लाग्दै

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, ११ : १४ मा प्रकाशित

सुनको भाउ फेरि उकालो लाग्दै

इतिहासकै उच्च विन्दुमा पुगेपछि घटेको सुनको भाउ अघिल्लो दुई दिनमा भने तोलामा नौ सयले बढेको छ । सुनको भाउ बढ्दा चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार र मङ्गलबार पाँच-पाँच सयले घटेको सुनको भाउ बुधबार थप एक हजार रुपैयाँले घटेको थियो । बिहीबार भने सुनको भाउ ७ सयले बढेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोलाको एक हजार चार सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको