Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाइनान्सको पहिलो त्रैमासिक विवरण सार्वजनिक, ईपीएसमा वृद्धि

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, ११ : ५८ मा प्रकाशित

मन्जुश्री फाइनान्सको पहिलो त्रैमासिक विवरण सार्वजनिक, ईपीएसमा वृद्धि

मन्जुश्री फाइनान्सले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ब्याज आम्दानीमा उल्लेख्य सुधार हुँदा कम्पनीको इपिएसमा पनि वृद्धि भएको छ ।

खुद नाफा - फाइनान्सको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले यस त्रैमासमा बैंकले ८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७ करोड १३ लाख रुपैयाँ रहेको थियो । यो १६.३५ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानी - पहिलो त्रैमास सम्ममा फाइनान्सले १८ करोड ९५ लाख खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १७ करोड १० लाख रहेको थियो । यो  १०.७८ प्रतिशत बढेको हो ।

सञ्चालन मुनाफा : पहिलो त्रैमास सम्म फाइनान्सको सञ्चालन मुनाफा २१ करोड ७२ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष यही अवधिमा १८ करोड २९ लाख रुपैयाँ रहेको थियो । 

वितरणयोग्य मुनाफा : २८ करोड ५७ लाख रुपैयाँ

खराब कर्जा अनुपात : अघिल्लो वर्षको २.४४ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष  बढेर २.८५ प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज : ९४ लाख ४५ हजार 

प्रति सेयर आम्दानी : अघिल्लो वर्षको २१.०५ रुपैयाँ रहेको इपीएस यो त्रैमासमा बढेर २४.५ रुपैयाँ भएको छ । 
मूल्य आम्दानी अनुपात : २०.५३ गुणा 

प्रति सेयर नेटवर्थ : १५८ रुपैयाँ १० पैसा

चुक्ता पूँजी :१ अर्ब ३५ करोड १५ लाख रुपैयाँ

जगेडा कोष : ७५ करोड ७३ लाख रुपैयाँ

निक्षेप संकलन तथा कर्जा परिचालन : त्रैमास सम्म बैंकले १४ अर्ब १५ करोड बढी निक्षेप संकलन गरी १२ अर्ब २१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १२ अर्ब ७४ करोड बढी निक्षेप संकलन गरी ११ अर्ब २९ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको