Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ स्थिर रहँदा चाँदी भने महँङ्गियो

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, ११ : ०५ मा प्रकाशित

सुनको भाउ स्थिर रहँदा चाँदी भने महँङ्गियो

आइतबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोलाको एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको