Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको मनोबल गिर्दो, आइतबार थप २१.४६ अङ्कले घट्यो बजार

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १५ : २४ मा प्रकाशित

लगानीकर्ताको मनोबल गिर्दो, आइतबार थप २१.४६ अङ्कले घट्यो बजार

लगानीकर्ताको मनोबल बढ्न नसक्दा सेयरबजार आइतबार थप २१.४६ अङ्कले घटेको छ ।

अघिल्लो साता पनि निरन्तर घटेको बजार आज थप २१.४६ अङ्कले घटेर नेप्से १८२६.२३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैयाँ पुगेको छ । बजार घटिरहँदा पनि कारोबार भने लगातार बढ्दै गरेको छ  ।

आज सर्वाधिक कमाउनेतर्फ एनआईसी एसिया लघुवित्त र तारागाउँ होटल रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढी वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये हिमालय लघुवित्त, बाराही हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो र सबैको लघुवित्त रहे । ती कम्पनीको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ट्रेडिङ उपसूचक सर्वाधिक २.११ प्रतिशतले घट्दा विकास बैंक उपसूचक १.६४ प्रतिशतले घट्यो । यसैगरी बैंकिङ उपसूचक १.५ प्रतिशतले घट्दा म्यानुफ्याक्चरिङ उपसूचक १.३२ प्रतिशत, ननलाइफ १.१८, लगानी १.१६ प्रतिशतले, हाइड्रो उपसूचक १.११ प्रतिशत र फाइनान्स १.०८ अङ्कले घटे । आज होटल तथा पर्यटन उपसूचक मात्रै ०.३८ प्रतिशतले बढ्यो ।

दशैंको बिदा पछि मात्रै बजारमा पाँच दिनमा ७८ अङ्कको गिरावट आइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको