Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ घट्दा चाँदी भने स्थिर

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १० : ४० मा प्रकाशित

सुनको भाउ घट्दा चाँदी भने स्थिर

सोमबार चाँदीको भाउ स्थिर रहँदा सुनको भाउमा भने प्रति तोला पाँच सय रुपैयाँको गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको