Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि ५१ लाख हस्तान्तरण

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १५ : ३७ मा प्रकाशित

एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि ५१ लाख हस्तान्तरण

एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले ५१ लाख नगद सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको