Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीको स्वेच्छिक अवकाश योजनामा डेढ करोड खर्च हुँदा नेसनल हाइड्रोको नाफा घट्यो, इपिएस कति ?

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, १० : ३३ मा प्रकाशित

कर्मचारीको स्वेच्छिक अवकाश योजनामा डेढ करोड खर्च हुँदा नेसनल हाइड्रोको नाफा घट्यो, इपिएस कति ?

नेसनल हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कर्मचारीको स्वेच्छिक अवकाश योजनामा डेढ करोड खर्च हुँदा नेसनल हाइड्रोको नाफा घटेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ४५ लाख ९१ हजार रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६८ लाख १८ हजार रुपैयाँ रहेको थियो । खुद नाफा करिब ३२.६६ प्रतिशतले घटेको हो ।

विद्युत व्यापारबाट आम्दानी - पहिलो त्रैमास सम्ममा हाइड्रोले विद्युत व्यापारबाट ६ करोड ५२ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ६ करोड ३६ लाख रहेको थियो । यो करिब २.६ प्रतिशतको वृद्धि हो ।

सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा २ करोड ७५ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ३ करोड ४९ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब २१.३७ प्रतिशतले घटेको हो ।

वितरणयोग्य मुनाफा : ४५ लाख ९१ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ७४ पैसा रहेको छ जुन अघिल्लो वर्षको यसै अवधिसम्म पाँच रुपैयाँ ९६ पैसा रहेको थियो ।

मूल्य आम्दानी अनुपात : १९०.६२ गुणा (अन्तिम मूल्य : १४१.८० हुँदा)

प्रति सेयर नेटवर्थ : १०१ रुपैयाँ ३२ पैसा

चुक्ता पूँजी : २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ

जगेडा कोष : १ करोड ७७ लाख रुपैयाँ

कम्पनीले तल्लो इन्द्रावतीलगायत विभिन्न योजनामा लगानी गरेको छ । कम्पनीको ४५ प्रतिशत लगानी रहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युतको ८० प्रतिशत काम सकिएको छ भने ७५ प्रतिशत लगानी रहने ३६ मेगावाटको लिखु जलविद्युत, ६० प्रतिशत लगानी रहने ४० मेगावाटको संखुवाखोला जलविद्युत र २० प्रतिशत लगानी रहने १५.६२५ मेगावाटको त्रिशुली गङ्गा जलविद्युत आयोजना निर्माणको चरणमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको