Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार सुनचाँदीको भाउ घट्यो

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, ११ : ०६ मा प्रकाशित

मङ्गलबार सुनचाँदीको भाउ घट्यो

मङ्गलबार सुनको भाउमा भने प्रति तोला चार सय रुपैयाँको गिरावट आएको छ भने चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोलाको एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको