Like us!
Follow us!
Connect us!
Watch us!

लगातार तेस्रो दिन घट्यो सुनको भाउ

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, ११ : ०६ मा प्रकाशित

लगातार तेस्रो दिन घट्यो सुनको भाउ

सुनको भाउमा लगातार तीन दिनसम्म गिरावट आएको छ । बुधबार सुनको भाउ तीन सय रुपैयाँले घट्दा भने चाँदीको भाउ पनि २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १४ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी प्रति तोलाको एक हजार चार सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको