Like us!
Follow us!
Connect us!
Watch us!

रहस्यमय गडबडी: इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, १२ : ४० मा प्रकाशित

रहस्यमय गडबडी: इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् । 

उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भए भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरूलाई केही समयका लागि रोकियो । 

सिङ्गापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनःस्थापित गरिएको बताएको छ । यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन । “हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ र नयाँ कार्य गर्यौँ तिनीहरूले मूल समस्याको समधान गर्न सकेका छैनन्”, कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट्रिय प्रसारक एबिसीलाई भने, “मूल समस्या र पुनःस्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ ।”

उहाँले ह्याकिङका कारण सेवा अवरुद्ध भएको कुनै सङ्केत दिनुभएन । ठिक एक वर्ष पहिला साइबर आक्रमणमा ९० लाखभन्दा ग्राहकको व्यक्तिगत डाटा चोरी भएको थियो । छुट्टै विज्ञप्तिमा कम्पनीले सबै सेवाहरू पुनः सञ्चालन गर्न केही घन्टा लाग्न सक्ने बताएको छ । अस्ट्रेलियाली सरकारले मोबाइल फोन, ल्यान्डलाइन र ब्रोडब्यान्ड इन्टरनेट प्रभावित भएको बताएको छ । 

एक करोडभन्दा बढी ग्राहक भएको अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी अप्टसले स्थानीय समयानुसार बिहान करिब ४ः०५ बजे सेवा अवरुद्ध भएको थाहा पाएको बताएको छ । इन्जिनियरहरूले समस्या समाधान गर्न प्रयास जारी राख्दा नौ घन्टासम्मा व्यापक समस्याहरूले अप्टस नेटवर्कलाई दुःख दियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको