Like us!
Follow us!
Connect us!
Watch us!

प्रोजेक्ट खर्च घट्दा सगरमाथा हाइड्रोको नाफा बढ्यो, इपिएस पनि आकर्षक

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, ०९ : ४८ मा प्रकाशित

प्रोजेक्ट खर्च घट्दा सगरमाथा हाइड्रोको नाफा बढ्यो, इपिएस पनि आकर्षक

सगरमाथा हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रोजेक्ट खर्चमा उल्लेख्य रुपमा गिरावट आउँदा हाइड्रोको नाफा बढेको हो ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा पाँच करोड ४२ लाख २७ हजार रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा चार करोड ७० लाख ६४ हजार रुपैयाँ रहेको थियो । खुद नाफा करिब १५.२१ प्रतिशतले बढेको हो ।

विद्युत व्यापारबाट आम्दानी - पहिलो त्रैमाससम्ममा हाइड्रोले विद्युत व्यापारबाट १० करोड ७७ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १० करोड ३३ लाख रहेको थियो । यो करिब ४.२७ प्रतिशतको वृद्धि हो ।

सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा १० करोड ५० लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ९ करोड २ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १६.३ प्रतिशतले बढेको हो ।

वितरणयोग्य मुनाफा : पाँच करोड ४२ लाख रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा १९ रुपैयाँ ९६ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात : ११.९२ गुणा (अन्तिम मूल्य : २३७.९ हुँदा)

प्रति सेयर नेटवर्थ : १०९ रुपैयाँ ९८ पैसा

चुक्ता पूँजी : ११ अर्ब २० करोड रुपैयाँ

जगेडा कोष : ११ करोड १८ लाख रुपैयाँ

कम्पनीको सुपरमाई ए जलविद्युत योजना पूर्ण क्षमतामा सञ्चालनमा भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको