Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीनलाइफ हाइड्रोको विद्युत उत्पादन अझै शुरु भएन, घाटा बढ्यो

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १० : २८ मा प्रकाशित

ग्रीनलाइफ हाइड्रोको विद्युत उत्पादन अझै शुरु भएन, घाटा बढ्यो

ग्रीनलाइफ हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादन अझै शुरु नहुँदा हाइड्रोको घाटा बढेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद घाटा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा ३९ लाख १७ हजार रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ३५ लाख ३२ हजार रुपैयाँ रहेको थियो । खुद घाटा करिब १०.९ प्रतिशतले बढेको हो ।

विद्युत व्यापारबाट आम्दानी - छैन

सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म कम्पनीको सञ्चालन घाटा ३८ लाख १९ हजार रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ३४ लाख १५ हजार रुपैयाँ रहेको थियो । सञ्चालन घाटा करिब ११.८ प्रतिशतले बढेको हो ।

वितरणयोग्य मुनाफा : ३९ लाख १७ हजार रुपैयाँ ऋणात्मक

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ८७ पैसा ऋणात्मक रहेको छ ।

मूल्य आम्दानी अनुपात : २४४.६८ गुणा ऋणात्मक (अन्तिम मूल्य : २१३ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ८० रुपैयाँ ६५ पैसा

चुक्ता पूँजी : १ अर्ब ८० करोड रुपैयाँ

जगेडा कोष : ३४ करोड ४२ लाख रुपैयाँ ऋणात्मक

कम्पनीको ४० मेगावाटको खानीखोला ए जलविद्युत योजना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको