Like us!
Follow us!
Connect us!
Watch us!

टिकटक बन्द गराउने सरकारको निर्णयमा रविको प्रश्न,'सत्ताधारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् ,के अब पार्टी नै बन्द गरिदिने हो त?’

अर्थ संसार

सोमबार, २७ कार्तिक २०८०, २१ : १७ मा प्रकाशित

टिकटक बन्द गराउने सरकारको निर्णयमा रविको प्रश्न,'सत्ताधारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् ,के अब पार्टी नै बन्द गरिदिने हो त?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टिकटक बन्द गराउने सरकारको निर्णयमा टिप्पणी गर्दै लेखेका छन् ‘सत्ताधारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त?’ 

उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्,'सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक संजालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको बिकल्प सुधारिएको (Better, Improved and Disciplined ) सोसियल मिडिया हो।सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको